मिर्गौला सम्बन्धी विशेषज्ञ सेवा छिटै प्रारम्भ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौला सम्बन्धी विशेषज्ञ सेवा छिटै प्रारम्भ हुने बताउनुभएको छ । विश्व मिर्गौला दिवसका अवसरमा राजधानीमा आज आयोजित चेतनामुलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विशेषज्ञ सेवाका लागि छिटै अर्काे केन्द्र स्थापना गरिने बताउनुभयो ।
छुट्टै केन्द्र स्थापनाका लागि मिर्गौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाहसहितका विज्ञहरु क्रियाशील रहनुभएको उहाँले जानकारी दिनुभयो । ‘मिर्गौलालाई रोगहरुबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपण सहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ, दुई पटक मिर्गौला प्रत्यारोपण गराइसक्नुभएका प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘मिर्गौला रोगको साथमा स्वस्थ्य जीवन’को नारासहित आज नेपालसहित विश्वभर मिर्गौला दिवस मनाईदैछ । ‘हाम्रो खानपिन वा हाम्रो दैनिकमा मिर्गौलालाई असर पार्न खानपिन वा व्यवहार के हो ? र त्यसबाट कसरी जोगिने जस्ता कुराहरुलाई ध्यान दिन जरुरी छ’, प्रधानमन्त्रीको भनाई थियो ।
‘केही मानिसहरुले मलाई ‘बाहिर गएर उपचार गरायो’ भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ’, उहाँको भनाई थियो ।
हेल्थपाटी
तपाईँको अभिमत