अष्ट्रियामा कोरोना खोप लगाएकी महिलाको मृत्यु भएपछि खोप कार्यक्रम स्थगित
अ +
अ -
काठमाडौं । एस्ट्रेजेनेकाको कोरोना विरुद्धको खोप लगाएपछि एक महिलाको मृत्यु भएको घटनालाई लिएर अष्ट्रियामा खोप कार्यक्रम स्थगित गरिएको छ ।
अष्ट्रियाको स्वास्थ्य संस्थालाई उदृत गर्दै समाचार संस्था रोयटर्सका अनुसार खोप लगाएपछि ४९ वर्षकी महिलाको मृत्यु भएको र अन्य व्यक्तिहरुमा पनि खोपको असरको अनुसन्धान भइरहेको छ ।
यद्यपी ती महिलाको मृत्यु खोपका कारण हो या अन्य भन्ने विषयमा छानबीन भइरहेको जनाइएको छ । खोप लिएका एक जनाको अवस्था गम्भिर रहेको छ ।
ज्वेटल जिल्लाको एक क्लिनिकमा एस्ट्रेजेनेकाको पहिलो मात्रा खोप लगाएपछि ३५ वर्षकी महिला गम्भिर बिरामी हुनुभएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत