राष्ट्रिय प्रत्यारोपण केन्द्रले लिन थाल्यो गति, ७ दिनमा ५ जनाको मिर्गाैला प्रत्यारोपण

फाइल तस्विर
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सुस्त भइरहेको मिर्गौला प्रत्यारोपणले गति लिन थालकाे छ । डा.पुकारचन्द्र श्रेष्ठ कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको एक हप्तामै ५ जनाको मिर्गाैला प्रत्यारोपण भएको हो । उहाँका अनुसार असोज १० गते २ जना र ११, १३ १४ गते १ / १ जनाको मिर्गाैला प्रत्यारोपण भएको छ ।
गुल्मीका ३३ वर्षका पुरुषलाई ससुरा, डडेल्धुराका २९ वर्षका पुरुषलाई आमा, सिन्धुलीका ३६ वर्षका पुरुषलाई बुहारी , भक्तपुरका ३७ वर्षका पुरुषलाई श्रीमती, बाराका २५ वर्षकी महिलालाई आमाले मिर्गाैला दिनुभएको छ । मिर्गाैला दिने र लिने सबैको स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
डा.श्रेष्ठ असोज ७ गते तेस्रो पटक केन्द्रकाे कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो । केपी ओली सरकारले डेढ वर्ष अघि शिक्षण अस्पतलालका डा.प्रेमराज ज्ञवालीलाई निर्देशकको जिम्मेवारी दिई श्रेष्ठलाई वीर अस्पताल फिर्ता पठाएकाे थियाे ।
तर वीरमा प्रत्यारोपण सेवा सूचारु हुन नसक्दा उहाँ डेढ वर्ष काम विहिन हुनपरेकाे थियाे भने मिर्गाैलाका धेरै बिरामी उपचारबाट वञ्चित भइरहेका थिए । वीरमा अहिले पनि प्रत्यारोपण सेवा सुरु हुन सकेको छैन ।
हेल्थपाटी
तपाईँको अभिमत