सुस्वास्थ हस्पिटल ९ वर्षमा प्रवेश, नसा च्यापिएका बिरामीको उपचारमा ९० % सफलता
नेपालकै उत्कृष्ट प्राकृतिक चिकित्सा अस्पताल बनाउने लक्ष्यसहित स्थापित सुस्वास्थ हस्पिटलले स्थापनाको आठ वर्ष पूरा गरेको छ । औषधिविहीन उपचार पद्दतिहरूलाई एकीकृत रुपमा प्रयोग गरी रोगीको उपचार तथा निरोगीको स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यसहित २०७२ साल माघ १ देखि सेवा सुरु गरेको अस्पताल आजदेखि ९ वर्षमा प्रवेश गरेको हो ।
अस्पतालका अध्यक्ष एवं वरिष्ठ अक्कुपन्चरिष्ट सुदर्शन बस्नेतले ८ वर्षसम्म आइपुग्दा प्रगतिको पथमा रहेको बताउँदै प्राकृतिक चिकित्सा मार्फत गुणस्तरीय सेवा प्रदान गरि आफूलाई देशकै अब्बल प्राकृतिक चिकित्सा अस्पतालको रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अस्पतालले वार्षिक १३ सयभन्दा बढी नयाँ बिरामीको उपचार गर्दै आएको छ । अस्पतालमा नसा च्यापिएको बिना अपरेसन उपचार, हड्डी खिइएको उपचार, पक्षघातको उपचार, माइग्रेन, अनिद्रा, डिप्रेसन र इन्जाइटीका बिरामी उपचारका लागि बढी आउने गरेको अस्पतालका अध्यक्ष सुदर्शन बस्नेतले जानकारी दिनुभयो ।
उहाँले नसा च्यापिएका बिरामीको उपचारमा अस्पतालले ९० प्रतिशत सफलता प्राप्त गरेको बताउनुभयो । अस्पतालले रोगीको उपचारका साथै रोगी तथा निरोगीलाई स्वस्थ रहन आवश्यक स्वास्थ्य शिक्षा पनि प्रदान गरिरहेको बस्नेतले बताउनुभयो ।
बस्नेतले आयुर्वेद विभागबाट १५ शय्याको स्वीकृति लिएर सञ्चालनमा आएको अस्पतालले सेवा विस्तारका लागि प्रदेशस्तरमा शाखा स्थापनाको तयारी पनि गरिरहेको जानकारी दिनुभयो ।
विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीका लागि कम्मर र गर्धनको समस्याबाट बच्ने तरिका, आसन र कसरत पनि सिकाउदै आएको छ ।
सुस्वास्थ्य हस्पिटलले देशका विभिन्न १२ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ, जहाँ ५ हजारभन्दा बढी बिरामीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका थिए ।
सुस्वास्थ हस्पिटल त्रिपुरेश्वरबाट २०५६ सालदेखि अकुपञ्चर विधिबाट उपचार गर्ने गरी स्थापना भएको वैकल्पिक उपचार सेवा केन्द्रलाई विस्तारित रुप हो ।
अस्पतालमा हाल प्राकृतिक चिकित्सक, अकुपञ्चरिस्ट, फिजियोथेरापिस्टसहित २५ कर्मचारी कार्यरत छन् । सुस्वास्थ्यले सात वर्षको अवधिमा १२ हजारभन्दा बढी बिरामीको उपचार गरिसकेको छ । अस्पतालमा नसा च्यापिएको बिना अपरेसन उपचार, हड्डी खिइएको उपचार, पक्षघातको उपचार, माइग्रेन, अनिद्रा, डिप्रेसन र इन्जाइटीका बिरामी उपचारका लागि बढी आउने गरेका छन् ।
तपाईँको अभिमत