एक डोज मात्रै लगाएपुग्ने १५ लाख ३४ हजार बढी अमेरिकी खोप एक महिना भित्र आउने
अ +
अ -
काठमाडौं । नेपालमा कोरोना विरुद्धको अमेरिकी खोप आउने निश्चित भएको छ । अबको एक महिनाभित्र जोन्सन एण्ड जोन्सनको जेनसेन कोभिड खोप नेपाल आउने तय भएको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिनुभएको छ । यो खोप एक डोज मात्रै लगाए पुग्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभ्याक्स सुविधा मार्फत जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप आउने जानकारी दिएको छ । स्वास्थ्य मन्त्तालयले यसका लागि आयातअनुमतिका लागि औषधि व्यवस्था विभागमा पत्र पठाएको छ ।
पत्रमा भनिएको छ’कोभ्याक्स फ्यासिलिटि मार्फत नेपाललाई प्राप्त हुने जोन्सन एन्ड जोन्सनबाट उत्पादित १५ लाख ३४ हजार ८५० डोज कोभिड भ्याक्सिन (५ डोज÷भाइल) नेपाल आयात गर्नका लागि अनुमति प्रदान गरिदिनुहुन निर्देशानुसार अनुरोध छ ।
हेल्थपाटी 
तपाईँको अभिमत