ब्लाक फंगस जोसुकैलाई हुनसक्छ
काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुमा कालो ढुसी (म्युकरमाइकोसिस)को समस्या देखिरहेको छ । संक्रमितहरुमा ब्लाक फंगस देखिन थालेपछि यसबारे चासो र चिन्ता बढेको छ तर यो समस्या नयाँ नभई पुरानो हो ।
विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई यसको जोखिम उच्च रहन्छ । क्यान्सरको उपचार गराइरहेका, अंग प्रत्यारोपण गरिएका, मधुमेह, एन्टीबायोटिक औषधि खाइरहेका दीर्घ बिरामीलाई कालो ढुसीको समस्या निम्तिन सक्छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखसमेत रहनुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले नेपालमा १० जना संक्रमितलाई कालो ढुसीको समस्या देखिएको रिपोर्टिङ भएको जानकारी दिनुभयो । उहाँले यो समस्या ४५ देखि ६५ वर्ष उमेरसम्मका लागि देखिएको बताउनुभयो ।
यो संक्रमण कोरोना भाइरस जस्तो अरु व्यक्तिलाई नसर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।
लक्षणहरु
- अनुहार,मुख, नाक, आँखा वरपरि दुख्ने
- आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने,ज्वरो आउने, आँखाको ढकनी सुन्निने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने, नाकबाट रगत बग्ने, - बाक्लो सिंगान आउने, दाँत दुख्ने वा हल्लिने समस्या देखिन सक्छ ।
उच्च जोखिम भएका समूह
- ४५ देखि ६५ उमेर समूह
- डाइबेटिक वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु
- धेरैखाले एन्टीबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरु
जोगिने उपाय
- होम आइसोलेसनमा रहँदा,
- सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुन प्रयोग नगर्ने
- नियमित रुपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
- व्यक्तिगत स्वच्छतामा ध्यान दिने
- घर बाहिर वा फोहरमा काम गर्नुपरे डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने
- धेरै धुँलो भएको र ओसिलो ठाउँमा नजाने
- नुनीलो पानीले सफा गर्ने
- पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने
- मधुमेहका बिरामीले सुगर नियन्त्रणमा राख्ने
- स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि खाने
हेल्थपाटी
तपाईँको अभिमत