अक्सिजन भर्न पाइएन, समयमै सिलिण्डर फिर्ता गर्नु : स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिण्डरहरु समयमा सम्बन्धित उद्योगहरुमा भर्न फिर्ता नपुग्ने समस्या बढ्दै गएको जनाएको छ ।
साथै, एउटा उद्योगका अक्सिजन सिलिण्डरहरु अन्यत्र जाने क्रम पनि अत्यधिक बढिरहेको र यसले आगामी दिनमा समस्या निम्त्याउने भएकाले समयमा नै सिलिण्डर फिर्ता गर्न सबैलाई मन्त्रालयले आग्रह गरेको छ ।
विभिन्न व्यक्तिहरु तथा संघसंस्थाहरुले व्यक्तिगत, आईसोलेशन केन्द्र र अस्पतालहरुमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिण्डरहरु समयमा नै जन कम्पनी वा अस्पतालका अक्सिजन सिलिण्डरहरु अक्सिजन उत्पादक कम्पनी तथा अस्पतालहरुमा नपुगेको मन्त्रालयले जनाएको छ ।
अक्सिजन सिलिण्डरहरु देशका दूरदराजमा वा व्यक्तिका घरहरुमा थन्किएर रहेमा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुन जाने भएकोले सबैलाई संवेदनशील बनिदिन मन्त्रालयले आग्रह गरेको छ ।
महामारीमा अक्सिजन जस्तो औषधिय बिषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने /गराउने कार्यलाई बन्द गर्न /गराउन तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापन गर्न पनि मन्त्रालयको भनेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत