काठमाडौं उपत्यकामा १५५२, देशभर ३६३७ संक्रमित थपिए
अ +
अ -
काठमाडौं । आज देशभर ३ हजार ६३७ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले १५ हजार २५५ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६३७ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
आजै काठमाडौं उपत्यकामा मात्रै १५५२ संक्रमित थपिएका छन् । काठमाडौंमा १२८३ , भक्तपुरमा ११२ र ललितपुरमा १५७ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
यो सँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । जसमध्ये १ लाख २ हजार ८२० जना निको भएका छन् । यसैबीच २४ घण्टामा ३ हजार २१५ जना कोरोनामुक्त भएका छन् । यस्तै २४ घण्टामा थप २१ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत