भेरोसेल खोप : काठमाडौंमा कुन दिन - कुन उमेरका व्यक्तिले पाउने ?
अ +
अ -
काठमाडौं । जेठ २५ भोलिदेखि देशभर कोरोना विरुद्धको खोप भेरोसेल ६० देखि ६४ वर्ष उमेर सम्मका व्यक्तिलाई दिइदैंछ । जेठ २९ गतेसम्म चल्ने उक्त खोप कार्यक्रममा उमेरअनुसार दिन तोकिएको छ ।
जेठ २५ गते : ६४ वर्ष
जेठ २६ गते : ६३ वर्ष
जेठ २७ गते : ६२ वर्ष
जेठ २८ गते : ६१ वर्ष
जेठ २९ गते : ६० वर्ष
तोकिएको मितिमा उमेर खुल्ने फोटोसहितको सरकारी कागजात वा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र लिएर खोपकेन्द्रमा जान सूचित गरिएको छ । यस अभियानमा भेरोसिलको दोस्रो मात्रा नलगाइने पनि स्पष्ट पारिएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत