२४ घण्टामा १४७३ कोरोनामुक्त, ९ संक्रमितको मृत्यु

फाइल तस्विर
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरानामुक्त भएकासँगै निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या १३ हजार ९ सय २३ रहेको छ । संस्थागत आइसोलेसनतर्फ १३ हजार ९२३ र १९ हजार ९५७ जना होम आइसोलेसनमा रहेका छन् ।
यस्तै २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।
आज देशभर ४ हजार ४७ जनालाई कोरोना पुष्टि भएको छ । हालसम्म संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत