स्वास्थ्यकर्मी राज नारायण मण्डलको निधन
अ +
अ -
काठमाडौं । स्वास्थ्यकर्मी संघ सुनसरी शाखाका पुर्वउपाध्यक्ष राज नारायण मण्डलको निधन भएको छ । हृदयघातका कारण मण्डलको निधन भएको हो ।
लामो समयदेखि जिल्ला स्वास्थ्य कार्यालय सुनसरीमा काम गर्नुभएका मण्डल केही वर्ष अगाडि मात्रै सेवा निवृत्त हुनुभएको थियो । मण्डलको निधन प्रति नेपाल स्वास्थ्यकर्मी संघले दुख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत