कोरोना संक्रमको त्रास : गोकर्णको कुसे औँसी मेला स्थगित

फाइल फोटो
अ +
अ -
कोरोना संक्रमणको जोखिमका कारण यस वर्ष कुसे औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिरमा मेला नलाग्ने भएको छ ।
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले यस वर्ष कुसे औँसीमा लाग्ने मेला स्थगित गरेको छ। शनिबार बसेको समितिको बैठकले मेला मेला लाग्दा ठूलो संख्यामा भक्तजनको उपस्थिति हुने र त्यसबाट कोरोना संक्रमण थप फैलने जोखिम भएको भन्दै मेला स्थगित गर्ने निर्णय गरेको हो।
कुसे औँसी अर्थात बाबुको मुख हेर्ने दिन गोकर्णेश्वर महादेव मन्दिर पितृका नाममा श्राद्ध गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । यस वर्ष भदौँ २२ गते कुसे औँसी परेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत