बाँके जिल्लामा २४ घण्टामा ७ संक्रमितको मृत्यु
लुम्बिनी प्रदेशको बाँके जिल्लामा मात्रै २४ घण्टामा ७ संक्रमितको मृत्यु भएको छ । बाँके जिल्ला जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीले दिनुभएको जानकारी अनुसार २४ घण्टामा बाँकेमा ७ जना संक्रमितको मृत्यु भएको हो ।
७ मध्ये सबैभन्दा पछि ज्यान गुमाउनेमा नेपालगन्जस्थित भेरी अस्पताल उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१० का ६१ वर्षीय पुरुष रहेका छन् । उनको शनिबार बिहान मृत्यु भएको हो ।
भेरी अस्तपालका अनुसार ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि बैशाख ८ गते अस्पतालमा भर्ना भएका थिए । यसबाहेक जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष, वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुष शुक्रबार बिहान मृत्यु भएको थियो ।
राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भयो । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत