मास्क नलगाई सार्वजनिक यातायातमा यात्रा गर्न नपाइने
काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्न थालेपछि सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौमा यातायात क्षेत्रका सरोकारवालाबीच भएको छलफलमा यातायातका साधनमा स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्ने सहमति भएको हो ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायातमा मास्क विना यात्रा गर्न नपाइने र यदि यात्रा गरेको पाइए यात्रुलाई कारबाही गर्ने निर्णय बैठकमा भएको जानकारी दिनुभयो ।
उहाँले सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रु राख्ने, भौतिक दुरी कायम गर्ने, बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिनुभयो ।
सार्वजनिक स्थानमा भीडभाड नगर्न, सभा, गोष्ठि,सेमिनार नगर्न तथा विद्यालयहरुमा अनिवार्य स्वास्थ्यका मापदण्ड पालना गर्न सरकारले आव्हान गरिसकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत