ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण, अस्पताल भर्ना
अ +
अ -
काठमाडौँ । ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरस संक्रमण भएको छ । मन्त्री रायमाझीको स्वास्थ्य अवस्था सामान्य रहेको भएपनि सावधानीका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ ।
हिजो (सोमबार) गरिएको पीसीआरमा मन्त्री रायमाझी र परिवारका सदस्य तथा सचिवालयका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
गृहजिल्ला अर्घाखाँचीमा आयोजित एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएलगत्तै मन्त्री रायमाझीले पीसीआर परीक्षणका लागि स्वाब दिनुभएको थियो ।
तपाईँको अभिमत