चिकित्सा शिक्षा स्नातक तहको सीट निर्धारण, एमबीबीएसमा ३० सीट बढ्यो
चिकित्सा शिक्षा आयोगले शैक्षिक शस्त्र २०८०/०८१ का लागि स्नातक तहको सीट निर्धारण गरेको छ ।
सबैभन्दा धेरैको आकर्षण रहने एमबीबीएसमा यस वर्ष ३० सीट बढाइएको छ । २१ वटा शैक्षिक संस्थामा गरी १९२५ सीट एमबीबीएसका लागि तोकिएको छ । गतसालको भन्दा यसवर्ष एमबीबीएसमा थप ३० सीट वृद्धि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० र देवदह मेडिकल कलेजमा १० गरी यो पटक ३० सीट थप गरिएको छ ।
बीडीएसतर्फ १४ संस्थामा गरी ५४५ सीट तोकिएको छ । बीडीएसमा गतसाल ५६० सीट तोकिएको थियो ।
बीएससी नर्सिङमा १७२०, बीएनएसमा ११३०, बीपीएचमा ७०० सहित सबै कार्यक्रममा गरी ७ हजार ६०६ सीट तोकिएको छ ।
यसमा विदेशी विद्यार्थीका लागि १९४९ सीट छुट्याइएको छ । छात्रवृत्तितर्फ २३३३, सःशुल्क ३२२० र नेपाली सेना कल्याणकारी कोषबाट अध्ययन गर्ने १०५ सीट छन् ।
हेल्थपाटी
तपाईँको अभिमत