बहिरोपन बच्चाका लागि निकै घातक, कसरी जोगाउने ?(भिडियो)
बच्चामा सुन्ने क्षमता थोरै कम हुँदा पनि सचेत रहनुपर्ने अडियोलोजिष्ट आशिष शर्मा बताउनुहुन्छ ।
बच्चामा सुन्ने क्षमता कत्तिको छ, त्यो बेलैमा पत्ता लगाएर समस्या भएर छिटै उपचार गर्नुपर्ने उहाँको सुझाव छ । हेल्थपाटीसँगको कुराकानीमा शर्माले केही हदसम्म समाज सर्तक हुने हो भने श्रवण श्रमता जोगाउन सकिने तर्क गनुभयो ।
बच्चामा सुन्ने क्षमता छ छैन कसरी जाँच गर्ने ? कसरी बच्चाको श्रवण क्षमता फर्काउने भन्नेबारे अडियोलोजिष्ट आशिष शर्मासँग हेल्थपाटीका लागि केदार गौतमले कुराकानी गर्नुभएको छ ।
बच्चामा कुनै न कुनै किसिमको सुनाइ क्षमतामा कमी छ भने यसको बोली र भाषाको विकास समान्य अवस्था जस्तो हुँदैन । निकै नै कम छ भनेर बोलीको विकास हुँदैन ।
अलिकति कम छ भने पनि जुनरुपमा प्रष्ट बोली आउनुपर्ने हो,त्यो हुँदैन । थोरै सुन्ने क्षमताको कमीले पनि बच्चाको करिअर विकासमा लामो समयसम्म असर पु¥याइरहेको हुन्छ । उसको सिक्ने क्षमता, शैक्षिक उपलब्धिमा पनि फरक पर्छ ।
बच्चाको बोली र भाषा निश्चित उमेर अनुसार विकास हुँदै गएको हुन्छ । निश्चित उम्मेरसम्म बच्चाले धेरै भन्दा धेरै कुरा सिकेको हुन्छ । २–३ वर्षको उमेरसम्म दिमागको नसामा नयाँ–नयाँ फर्मेसन तयार भइरहेको हुन्छ । सिकाइको हिसाबमा यो निकै संवेदनशील उमेर हुन्छ।
सुन्ने क्षमतामा कमी भए त्यो उमेरसम्म पत्ता लगाएर उपचार गरिसक्नुपर्छ नत्र सिकाइमा निकै असर गर्छ ।
यदि यो उमेर कटेपछि उपचार गरियो भने उसले ३–४ वर्ष नसुनेको कुरालाई दिमागमा राख्ने निकै समय लाग्छ । यसपछि सुनाइको समस्या उपचार गरेर मात्रै हुँदैन । भाषा थेरापी लगायत अन्य प्रक्रिया पनि आवश्यक हुन्छ ।
सबै बच्चालाई जन्मिएकै बेला हेयर स्क्रिनिङ गर्नसक्यो भने एकदमै राम्रो हुन्छ । थुप्रै देशमा यो वर्षाैँदेखि .अभ्यास हुँदै आएको छ । नेपालमा यो गर्न सकिएको छैन । नेपालमा कुनै समस्या भएर एनआइसीयुमा राख्नुपरेको खण्डमा मात्रै त्यस्तो परीक्षण गरिएको देखिन्छ ।
अभिभावक आफैँले पनि बच्चाकाले कान सुन्न सक्छ कि सक्दैन भनेर सामान्यतया उसको बानीबेहोरालाई हेरर हामीले थाहा पाउन सक्छौँ । त्यो आफैँले गर्न सकिन्छ ,अर्काे भित्र कान सुन्ने नसाको जाँच गर्ने पनि हुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत