दाङका अस्पतालमा आएका ६० प्रतिशत बिरामीमा उस्तै लक्षण
दाङ जिल्लामा केहीदिन यता भाइरलका ज्वरोका बिरामी बढेका छन् । दाङमा रहेका सरकारी तथा निजी अस्पतालमा आएका बिरामी मध्ये करिब ६० प्रतिशत भाइरलका बिरामी रहेको अस्पतालहरुले जानकारी दिएका छन् ।
दाङको तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी लगायतका अस्पतालमा पछिल्ला दिनमा रुघाखोकी, टाइफाइड, निमोनियाका बिरामीको चाप निकै बढेको छ ।
ज्वरो आउने, टाउको, घाँटी तथा हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने र कोखा हान्नेजस्ता लक्षणका बिरामी उपचारका लागि आइरहेको ती अस्पतालका चिकित्सहरुको भनाइ छ ।
भाइरल ज्वरोको भाइरसबाट बच्न अनिवार्य मास्क प्रयोग गर्न र सरसफाइ तथा खाने कुरामा ध्यान दिन चिकित्सकको सुझाव छ ।
तपाईँको अभिमत