१२ मा कोरोना संक्रमण, ८९ जना कोरोनामुक्त
अ +
अ -
पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट ११ र एन्टिजेनबाट १ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ४ हजार ३४९ कोरोना परीक्षण भएको छ । जसमा २ हजार ७२८ पीसीआर र १ हजार ६२१ एन्टिजेन परीक्षण भएको छ ।
यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
८९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन ।
अहिले देशभर सक्रिय संक्रमितकहो संख्या ६६९ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
तपाईँको अभिमत