दही खानुका पाँच फाइदा

दही मानिसको स्वास्थ्यका लागि महत्त्वपूर्ण खाद्य पदार्थ हो । गर्मी मौसममा अझ यो बहुउपयोगी छ । यसका विभिन्न फाइदाबारे वैज्ञानिक अनुसन्धान भएका छन् । यहाँ यसका पाँच फाइदा प्रस्तुत गरिएको छ :
पाचन सुधार्छ
दहीमा भएको प्रोबायोटिक्स (जीवित ब्याक्टेरिया)ले आन्द्राको स्वस्थ ब्याक्टेरिया बढाउँछ, अपच, ब्लोटिङ र अम्लपित्त कम गर्छ ।
प्रतिरक्षा प्रणाली बलियो बनाउँछ
दहीले इम्युनोग्लोबुलिन उत्पादन गराउँछ, जसले रोग प्रतिरोधक क्षमता बढाउँछ र सर्दी-खोकीबाट जोगाउँछ ।
हड्डी र दाँत मजबुत बनाउँछ
क्याल्सियम, फस्फोरस र भिटामिन डी युक्त दहीले ओस्टियोपोरोसिस (हड्डी कमजोर हुने रोग) रोक्छ र दाँतको स्वास्थ्य सुधार्छ।
वजन घटाउन मद्दत गर्छ
दहीमा पाइने प्रोटिनले पेट भरिएको महसुस गराउँछ, अनावश्यक खाने इच्छा कम गर्छ र मेटाबोलिज्म बढाउँछ । यसका कारण तौल घटाउन मद्दत पुग्छ ।
रक्तचाप नियन्त्रण गर्छ
दहीमा भएको पोटासियमले सोडियमको असर कम गरेर उच्च रक्तचाप घटाउँछ ।
(विभिन्न एजेन्सीहरूको सहयोगमा)
तपाईँको अभिमत