विदेश जान खोप कार्ड माग्छ, सरकार भन्छ ‘खोप दिन सक्दैनौं’
काठमाडौं । कोरोना विरुद्धको खोपको माग अत्याधिक छ । औषधि व्यवसायी देखि शिक्षक, चालकसम्मले खोप मागिरहेका छन् । यति सम्मकी अब वैदेशिक रोजगारी तथा विदेश भ्रमणमा जानेहरुको माग पनि खोप नै छ ।
विभिन्न देशहरुले वैदेशिक यात्रामा कोरोना खोपलाई अनिवार्य गरेको भन्दै धेरैले खोप उपलव्ध गराउन निवेदन पनि दिइसकेका छन् ।
तर सरकारले माग्दैमा सबैलाई खोप दिन सक्ने अवस्था अहिले नरहेको स्पष्ट पारेको छ । परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा.झलकशर्मा गौतमले प्राथमिकताका आधारमा खोप दिइरहेकाले अहिले मागअनुसार सबैलाई खोप दिन सक्ने अवस्था नरहेको बताउनुभयो ।
‘ खोप नलगाइ विदेश जान पाइएन, अध्ययनमा जान पाइएन । व्यापार व्यवसाय गर्न असहज भयो खोप पाउ भनी निवेदनहरु आएका छन् उहाँले भन्नुभयो, तर हामी अहिले ती निवेदनलाई सम्वोधन गर्न सक्दैनौ ।’
अहिलेसम्म नेपालमा ४२ हजार ४८० डोज कोरोना विरुद्धको खोप प्राप्त भएको छ । जसमध्ये २४ लाखभन्दा बढीले पहिलो र ७ लाखभन्दा बढीले दोस्रो मात्रा लगाइसकेका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत