आज ३९९४ जना संक्रमणमुक्त, ४६ को मृत्यु
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९४ जना कोरोना मुक्त भएका छन् । सोही अवधिमा कोरोनाका कारण ४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले सो जानकारी दिनुभएको हो ।
सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५१७ पीसीआर र ४८७९ जनाको एन्टीजेन गरि जम्मा १२ हजार ४०६ परीक्षण भएको छ । जसमा पीसीआरमा १६९४ र एन्टीजेनमा ७१३ जनालाई पोजेटिभ देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत