२३६ संक्रमित आइसियु र ३६ जना भेन्टिलेटरमा
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या घटिरहेको छ । आज ६ हजार ३७८ जना आइसोलेसनमा बसिरहेका छन् । आइसोलेसनमा बसेकामध्ये २ हजार ८७२ जना होम आइसोलेसन र बाँकी संस्थागत आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अस्पतालमा रहेकामध्ये आज २३६ जना आइसियु र ३६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा देशभर ५३४ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार जनाको पीसीआर परीक्षण भएकोमा ५११ जनालाई कोरोना पोजेटिभ देखिएकाे हाे ।
आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका २४७ जना रहेका छन् । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ५२ हजार ३५९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ४४७जनाले कोरोना जिते ।
यसैगरी २४ घण्टामा ९ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ८५६ पुगेको छ ।
तपाईँको अभिमत