देशभर थप ३५१७ लाई काेराेना, १६ संक्रमितकाे मृत्यु
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको विवरण अनुसार थप ३५१७ मा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ४ हजार ९६ रहेको छ । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा १६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । नेपालको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।
जम्मा संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । देशभर सक्रीय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत