तपाईलाई यस्ता समस्या छन् ? मिर्गौला रोगको लक्षण हुनसक्छ
कतिपय बिरामी जो केही संकेतका आधारमा पत्ता लाग्ने गर्छ । मिर्गौलामा पनि रोग लागेपछि केही त्यस्तै संकेत देखिन्छन् जुन बेवास्ता गर्नै नहुने खालका छन् । मिर्गौलाले विभिन्न किसिमका काम गर्ने गर्छन् । यो स्वस्थ छ वा छैन भन्ने विषय बेलैमा वास्ता गरिएन भने ठूलै जटिलता आउन सक्छ ।
मिर्गौलाको बिरामीका बारेमा ठूलो अनुपातको जनसंख्या अन्योलमा रहँदै आएका छन् । तर दुर्भाग्यको कुरा के छ भने मिर्गौलाको रोग बढ्दै जाने खालको हुन्छ । हाइपरटेन्सन भएका हरुमा छिप्पिने खालको रोग सामान्य नै भइसकेको छ । तर तपाई साँच्चै नै मिर्गौलाको स्वास्थताको विषयलाई लिएर पीडित हुनुहुन्छ भने हामीले यहाँ ७ प्रमुख संकेतका बारेमा बताइरहेका छौं ।
- निद्रामा समस्या
मिर्गौलाको समस्या भएकामा मस्तको निद्रा नलाग्नु एउटा समस्याको रुपमा रहेको छ । जब मिर्गौलाले राम्रोसँग काम गरिराखेको छैन भने विशाक्त वस्तुहरु पिसाबको माध्यमबाट बाहिर जानुको सट्टा रगतमै बसिरहन्छन् । यसले निद्रालाई असर पार्ने गर्छ।
- छालामा समस्या
मिर्गौलाको विभिन्न महत्वपूर्ण कामहरु हुने गर्छ । यदि तपाईले छालाको समस्या भोगिरहनु भएको छ भने यो मिर्गौलामा समस्या देखिन लागेको पनि हुनसक्छ । सुख्खा र चिलाउने छालाले खनिज र हड्डी सम्बन्धी रोगको संकेत गर्छ । यो पनि मिर्गौला रोगसँग सम्बन्धित हुने गर्छ । यो भनेको मिर्गौलाले खनिज र पोषणको सन्तुलन कायम गर्न नसकेको अवस्था हो ।
- आँखा सुन्निने
मिर्गौलाको अस्वस्थताले गर्दा आँखा वरपर सुनिन्ने हुन्छ । आँखाको वरपर सुन्निने अवस्था पिसाबमा ठूलो मात्रामा प्रोटिन जम्नाले हुनेगर्छ । यो अवस्था दुवै आँखा वा एकमा मात्रै पनि दिखिन सक्छ।
- मांशपेसी बाउँडिने
जसलाई मिर्गौलाको रोग छ । उनीहरुमा मांशपेशी बाउँडिनु भनेको सामान्य नै हो । शरीरमा तरल पदार्थ र इलेक्टलाइट्सको असन्तुलनले पनि मासु बाउडिने गर्छ । मस्तिष्कको क्षति र रगत प्रवाहका कारण पनि बाउँडिने समस्या आउने गर्छ । यसले मिर्गौलालाई कामविहीन बनाइदिन्छ ।
क्यालसियम र फोस्फोरसको मात्रा कम भएमा पनि मासु बाउडिने समस्या आउने गर्छ ।
- सुन्निने
कतै तपाईको खुट्टा र गोलीगाठो सुन्निएको छ भने यो पनि मिर्गौला रोगको संकेतको रुपमा हेर्नुपर्छ । यसका लागि दैनिक तरल पदार्थ र नुन सेवनलाई घटाउदै लानुपर्छ । खानामा पनि तरल पदार्थ कम गर्नुपर्छ । सुन्निने समस्याबाट मुक्ति पाउनका लागि सुप र दहीको सेवन पनि घटाउनु पर्छ ।
मिर्गौलाले अतिरिक्त तरल पदार्थ हटाउन नसकेमा यसले खुट्टा सुनिन्छ ।
- पिसाबमा परिवर्तन
मिर्गौलाले पिसाब बनाउँछ । त्यसैले जब मिर्गौलाले काम गर्दैन पिसाबमा पनि परिवर्तन आउँछ । बारम्बार पिसाब फेर्न जान मन लाग्नु पनि मिर्गौला रोगको संकेत हो ।
हेल्थपाटी
तपाईँको अभिमत