एमाले नेता खनालको मृगौलामा समस्या, थप उपचारका लागि दिल्ली प्रस्थान
अ +
अ -
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मृगौलामा समस्या देखिएको छ । उहाँलाई थप उपचारका लागि भारतको एपोलो अस्पताल लगिएको छ ।
ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उहाँलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । यसअघि कोरोना संक्रमण हुँदा नेता खनाल १० दिन नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किनुभएको थियो ।
गएको माघमा पनि उहाँ उपचारका लागि भारतको एपोलो अस्पताल जानुभएको थियो ।
नेता खनालको फोक्सोमा पानी जमेको, ब्लड र पिसाबमा इन्फेक्सन देखिएको नर्भिक अस्पतालले जनाएको छ । नेता खनालको ज्वरो १ सयबाट तल नझरेको अस्पतालले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत