२४ घण्टामा ३५२२ जना डिस्चार्ज, २१ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उक्त जानकारी दिनुभयो ।
यो सँगै संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । जसमध्ये ८८ हजार ४० निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ ।
यस्तै आज थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा १ हजार ७८४ भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जना नयाँ संक्रमित थपिए । २४ घण्टामा १६ हजार ५३१ जनाको पीसीआर परीक्षण भयो ।
यसैबीच आज २४ घण्टामा ३ हजार ५२२ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरानामुक्त भएकासँगै निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ । यस्तै २४ घण्टामा थप २१ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत