थपिए १५५१कोेरोना संक्रमित, २३४० जना डिस्चार्ज

अ +
अ -
काठमाडौं । मंगलबार देशभर थप १ हजार ५५१लाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ११ हजार ४७ जनाकाे पीसीआर परीक्षण गर्दा १ हजार ५५१ लाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो ।
यो सँगै देशभर कोरोना संक्रमितको संख्या ९० जार ८१४ पुगेको छ । जसमध्ये ६७ हजार निको भएका छन्, २४ घण्टामा मात्रै २ हजार ३४० डिस्चार्ज भए । अहिले सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ । सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ रहेका छन् ।
तपाईँको अभिमत