विदेशमा रहेका नेपालीको त्यहीँ पुगेर आँखा उपचार गरिँदै, के छ प्रक्रिया ? (भिडियो)
नेपाल नेत्र ज्योति संघले विदेशमा रहेका नेपालीलाई त्यहीँ पुगेर आँखा उपचार सेवा दिने भएको छ । रोजगारका लागि विदेशमा रहेका नेपाली र विभिन्न देशमा रहेका नेपाली भाषीलाई आँखा उपचार दिने योजना संघले अगाडि सारेको छ ।
विदेशमा रहेका नेपालीलाई सेवा दिने र नेपालमा मेडिकल पर्यटनको विकासका लागि यस्तो योजना ल्याएको संघका महासचिव भरतबहादुर चन्दले जानकारी दिनुभयो ।
विभिन्न देशमा गएर काम गर्ने नेपालीका साथै जस्तो म्यानमार, थाइल्याण्डलगायत नेपाली भाषी रहेका ठाउँमा पनि सेवा पुर्याउन लागेको उहाँको भनाइ छ ।
ती ठाउँको आँखा उपचार सेवा एकदमै महंगो भएको र नेपालमा आएर उपचार गरेर फर्किँदापनि धेरै खर्च लाग्ने हुन्छ । यस कारण त्यही ठाउँमा गएर आँखा उपचार सेवा दिन लागिएको चन्दले बताउनुभयो ।
सरकार, पराराष्ट्र मन्त्रालय र त्यो देशस्थित नेपाली दूतावाससँग सम्वन्य गरी उपचार आँखा उपचार सेवा सञ्चालन हुनेछ ।
चन्दका अनुसार त्यहाँ रहेका एनआरएन लगायतको सक्रियतामा आगामी बैखाश २८ र २९ गते ओमानमा आखाँ शिविर सञ्चालन हुँदैछ ।
नेपाली दूतावासमा हुने शिविरमा आँखाको स्किनिङ गर्ने काम हुन्छ । यहाँ भरतपुर आँखा अस्पतालले शिवर सञ्चालन गर्ने जिम्मा लिएको छ।
शिविरमा आँखाको सबै जाँच निशुल्क हुने नेपाल नेत्रज्योति संकका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले जानकारी दिनुभयो । जाँचका क्रममा औषधि निशुल्क दिइनेछ । चस्मा आवश्यक हुनेलाई चस्मा पनि निशुल्क उपलब्ध गराउने योजना छ । औषधि निशुल्क दिने । चस्माहरु आवश्यक देखियो भनेपनि निशुल्क दिने योजना छ ।
शल्यक्रिया नै गर्नुपर्ने अवस्था देखियो भने त्यहाँको एक निजी अस्पतालसँग सम्झौता भएको छ । त्यहाँ शल्यक्रिया हुन्छ । शल्यक्रियाको भने शुल्क लाग्ने कार्यकारी निर्देशक मिश्रले बताउनुभयो।
त्यहाँ काम गर्ने नेपालीलाई सजिलो होस् भनेर शुक्रबार र शनिबार बिदाको दिन शिविर राखिएको छ । नेपाली दूतावासमार्फत एकसाता अघि देखि नै कार्यक्रमको बारेमा प्रचार-प्रसार गरेर जाँचका लागि आउन आह्वान गरिने उहाँको भनाइ छ ।
नेपाली दूतावास, त्यहाँ सेवा दिन जाने अस्पताल , त्यहाँका नेपाली, एनआएन, त्यो देशको सरकार लगायतको सहयोगमा खर्चको व्यवस्थापना गरिने पनि मिश्रले जानकारी दिनुभयो ।
शिवरका लागि एक नेत्रविशेषज्ञ, एक नेत्रचिकित्सक र एक नेत्रसहायक जानेछन् ।
नेपाली कामदार रहेका सबै खाडी मुलक र मलेसियामा शिविर सञ्चालन गर्ने योजना रहेको संघका महासचिव चन्दले जानकारी दिनुभयो।
उहाँका अनुसार बंगलादेशमा यसअघि पनि २ वटा शिविर भइसकेको छ। फेरि पनि शिविर सञ्चालनको योजना छ । विराटनगर आँखा अस्तपाल र सगरमाथा चौधरी अस्पताल लाहनले त्यहाँ गएर सेवा दिनेछन् ।
कुवेत र मलेसियामा राप्ती आँखा अस्पताल, हङकङमा हिमालय आँखा अस्पतालले शिविर सञ्चालन गर्दैछ । थाइल्याण्ड, म्यानमार, कम्बोडियाका लागि लुम्बिनी रण अम्बिका आँखा अस्पतालले शिविरको नेतृत्व गर्नेछ । नेपाली भाषी रहेका फिजी लगायतका देशमा कसरी सेवा दिने भन्नेमा पनि योजना भइरहेको छ।
यो कार्यक्रम नियमित र लामो समयसम्म चल्ने चन्दले जानकारी दिनुभयो । नेपालीहरु माग्ने मात्रै होइन दिन पनि सक्छ भन्ने देखाउने चन्दले बताउनुभयो। 'हामीसँग त्यो क्षमता छ । आँखा सेवामा त्यो तहको हाम्रो सेवा छ' चन्द भन्नुहुन्छ, 'हामीले दिन सक्छौँ, गर्न सक्छौँ।' चन्दका अनुसार ती देशका दुर्गम क्षेत्रमा रहेका नागरिकमा आँखा उपचार सेवाको पहुँचको अभाव भएकाले ती क्षेत्रमा गएर शिविर सञ्चालन गरिदिनुपर्यो भन्ने माग पनि त्यहाँको सरकारको छ । त्यसो भए नेपाल नेत्रज्योति संघले सेवा दिन चन्द सुनाउनुहुन्छ।
थाइल्याण्डमा मोतियाविन्दुको सर्जरी गराउँदा १ लाख ५० हजारसम्म लाग्छ । त्यहट्ठ सर्जरी नेपालमा १४ हजारमै हुन्छ । त्यसो हुँदा त्यस्ता देशबाट नेपालमा आएर उपचार गरेर घुमेर पनि फर्कन पुग्ने भएकाले उनीहरुलाई ल्याउन प्रेरित गरिने चन्दले बताउनुभयो।
नेपालको आँखा उपचार सेवामा गुणस्तरीय रहेको, अन्तर्राष्ट्रियस्तरको सुविधा र सस्तो समेत रहेकाले यसमार्फत नेपालमा मेडिकल पर्यटनको विसका गर्ने उद्देश्य नेत्रज्योति संघले लिएको महासचिव चन्दले सुनाउनुभयो ।
यसबाट देशको पहिचान बढ्नुका साधै देशलाई राम्रफ आम्दानी हुन्छ भन्ने विश्वास संघको छ । उपचार सेवा पनि राम्रो हुन्छ । नेपाल सुन्दर देश छ' चन्द भन्नुहुन्छ, 'विविध सँस्कृतिले भरिएको छ । सस्तोमा आँखा उपचार सेवा पनि पाइने घुम्न पनि पाइने भएपछि किन नआउलान् ?'
भिडियो

केदार गौतम
तपाईँको अभिमत