डेंगी महामारी फैलन नदिन देशभरका सरकारी कार्यालयमा सरसफाइ अभियान
अ +
अ -
सरकारले डेंगीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णयअनुसार आज बिहान १० बजे देशभर सरसफाइ अभियान गरिएको हो ।
उक्त सरसफाइ अभियान गर्ने प्रस्ताव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको थियो । ‘डेंगी फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियान सुरु गरिएको हो ।
कर्णाली प्रदेशको हुम्लामा बाहेक सबै जिल्लामा डेंगी संक्रमण देखिएको छ । गएको १० महिनामा डेंगीबाट ११ जनाको मृत्यु भएको छ भने २२ हजार ८२ जनालाई संक्रमण पुष्टि भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत