प्रदेश सांसद दवाडीले सहयोग गरेको औषधि म्याद गुज्रिएको पाइयो(भिडियोसहित)
अ +
अ -
गोरखा । गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले कोरोन संक्रमितहरुका लागि म्याद गुज्रेका औषधि वितरण गर्नुभएको छ ।
सांसद दवाडीले सोमवार गोरखाको वारपाक सुलिकोट गाउँपालिकाको सौरपानी स्वास्थ्य चौकी, रन्चोकचौकि र स्वारा स्वास्थ्य चौकिलाई वितरण गर्नुभएको औषधि म्याद गुज्रेको पाइएको एक स्वास्थ्यकर्मीले जानकारी दिनुभयो ।
पखाला र खोकी लागेको बेला खाने औषधि म्याद गुज्रेको पाइएको ती स्वास्थ्यकर्मीले बताउनुभयो । सांसद जस्तो जिम्मेवार व्यक्तिले आफुले वितरण गर्न लागेको औषधिबारे पूर्ण जानकारी नलिई कोरोना संक्रमितलाई राहत हुन्छ भन्दै म्याद नभएका औषधि वितरण गर्नु चरम लापारवाही भएको स्वास्थ्यकर्मीको भनाइ छ ।
दवाडी गोरखा क्षेत्र–२ ‘ख’ बाट नेपाली काँग्रेसबाट निर्वाचित सांसद हुनुहुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत