गर्भवतीको गिजा सुन्नियो भने बच्चालाई पनि असर गर्छ (भिडियो)
दाँत दुख्ने, कीरा लाग्ने तथा गिजा सुन्निने, दुख्ने, मुख गन्हाउने जस्ता समस्या हामीमध्ये सबैलाई पटक–पटक देखा परिरहन्छ ।
तरिका पुर्याएर दाँत तथा गिजा सफा गर्ने हो भने यी खालका असमस्या रोक्न सकिनेगिजा तथा दन्त प्रत्यारोपण विशेषज्ञ डा. कामना न्यौपाने बताउनुहुन्छ।
हेल्थपाटीसँगको कुराकानीमा डा.न्यौपानेले दाँतमा देखिने यी मुख्य समस्या दाँत तथा गिजामा फोहोर जम्मा भएर नै देखिने जानकारी दिनुभयो ।
गर्भअवस्थामा महिलालाई गिजा सुन्निने समस्या देखिए यसले आमा र बच्चा दुवैलाई असर गर्ने डा.न्यौपानेको भनाइ छ । बच्चाको योजना गर्दा अन्य स्वास्थ्य अवस्थाको जाँच गराएजस्तै मुख स्वास्थ्यको पनि जाँच गराउन उहाँको सुझाव छ ।
उहाँका अनुसार सामान्य व्यक्तिले ६–६ महिनामा मुख स्वास्थ्यको परीक्षण र दाँत सफा गराउनुपर्छ ।
मुख स्वास्थ्यबारे डा.कामना न्यौपानेसँग हेल्थपाटीका लागि तुलसा घिमिरेले कुराकानी गर्नुभएको छ ।
उक्त कुराकानीका क्रममा उहाँले दिनुभएको जानकारीको सम्पादित अंश तल प्रस्तुत छ ।
गिजामा देखिने समस्या कुन उमेरका व्यक्तिमा बढी देखिन्छ ?
किशोर अवस्थामा शरीरमा हर्मोनको प्रभाव धेरै हुन्छ । यो बेला केटाकेटी दुवैमा गिजाको समस्या बढी देखिन्छ । गिजा रातो हुने, सुन्निने, गिजा ठूलो–ठूलो हुने हुन्छ। गिजामा फोहोर त्यहाँ जम्मा भएर सानो, सानो संक्रमण पहिल्यै छ भने हर्माेनले थप बडढाउने काम गर्छ । हर्माेनको प्रभाव नहुँदा जति सुन्निनु पर्ने थियो । त्यो भन्दा बढी सुन्निएर आउँछ ।
केटीहरुमा यो उमेरमा महिनावारी सुरु हुन्छ। यो मासिक चक्रमा हर्माेन बढ्दै–बढ्दै जान्छ । महिनावारीको प्रिमेनसुरल सिन्ड्रोम(पिएमएस) सुरु हुन्छ । त्यति बेला गिजाको संक्रमण पनि बढी देखिन्छ । गिजा बढी सुन्निएको हुनसक्छ । गिजा सुन्निनुमा मुख्य भूमिका फोहोर जम्मा हुनुहुन्छ भने हर्माेनको दोस्रो भूमिका हुन्छ । यसका लागि फोहोर सफा गनुपर्यो बेला बेलामा ।
गर्भावस्थामा गिजाको समस्या कत्तिको जटिल हुन्छ ?
गर्भअवस्थामा गिजाको समस्या भइरहेको छ भने ठूलो मासुको डल्लो जस्तो रातो डल्लो आउँछ । गर्भावस्थामा गिजाको समस्या भयो भने बच्चालाई पनि समस्या गर्छ भनिन्छ ।
निर्धारित समय ३७ हप्ता भन्दा छिटो बच्चा जन्मने बच्चाको तौल सामान्य भन्दा कम हुने त्यो देखिन्छ । गर्भावस्थामा तीन वटा चरणमा हुन्छ । पहिलो र तेस्रो चरणमा सकेसम्म दाँतको उपचार प्रक्रिया गर्दैनौँ । गर्नैपर्ने बाध्यात्मक अवस्थाबाहेक । म के भन्न चाहन्छु भने दोस्रो चरण जति बेला गिजाको कुनै समस्या छ भने उपचार गरौँ।
गिजाको समस्याको कुनै उपचार गरिएन भने आमालाई हड्डी खिइने, दाँत कमजोर हुने, दाँत निस्कने हुनसक्छ ।
जतिबेला पनि गिजाको ९० प्रतिशत समस्या भनेको फोहोर जम्मा भएर हुन्छ । गर्भवती अवस्थामा हर्माेनको उत्पादन अत्याधिक हुन्छ । यो हर्माेनले गिजाको समस्यालाई बढी बनाउने हो ।
अलिअलि हुँदासम्म थाहा पाउनुहुन्छ । गिजामा ठूलो डल्लो भयो, रगत बग्न थाल्यो भने मात्रै अस्पताल आउनुहुन्छ । सुरुवाती अवस्थामा आउनुहुन्न ।
राम्रोसँग मुखको ख्याल राख्यौँ भने यसलाई रोक्न सकिन्छ । पछि उपचारमा जानुपर्ने अवस्था नै आउँदैन । यदि बच्चाको योजना छ भने त्यो भन्दा पहिला मुख स्वास्थ्य तथा गिजाको अवस्था के छ भनेर जाँच गर्नु उपयुक्त हुन्छ ।
बच्चाको योजना बनाउँदा अरु विषयमा जसरी हामी स्वास्थ्य छौँ कि छैनौँ भनेर जाँच गर्छौँ, त्यसैगरी मुख स्वास्थ्य पनि जाँच गर्नुहोस् भन्ने मेरो सुझाव छ ।
नियमित दाँत सफा गर्दा पनि किन मुख गन्हाउँछ ?
यस्तो समस्या लिएर हाम्रोमा पनि धेरै जना आउनुुहुन्छ । म त दिनको २ पटक ब्रस गर्छु भन्नुहुन्छ । ब्रस गरेर मात्रै भएन, त्यसको पनि तरिका हुन्छ । तरिका मिलाएर ब्रस गर्नुपर्छ । मुखको सबै भागमा, कुना–कुनामा सफा गर्नुपर्यो । फोहोर अड्किनु भएन । खाना खानुअगाडि गरेर भएन खाना खाएपछि गर्नुपर्यो, राति सुत्नु भन्दा अगाडि ब्रस गर्नुपर्यो । दाँत मात्रै ब्रस गरेर भएन जिब्रो पनि सफा गर्नुपर्यो ।
मज्जाले कुल्ला गर्नुपर्यो । कुनामा डेन्टल फ्लस प्रयोग गर्नुपर्यो । कहिले कहीँ साधारण ब्रसले हुँदैन । गिजा तल सरेको हुन्छ । एउटा चुच्चो खालको ब्रस हुन्छ । इन्टडेन्टल ब्रस भन्छौँ हामी त्यसलाई । त्यस्तो बसको प्रयो गनुपर्यो । यो सबैलाई थाहा हुँदैन । हामी कहाँ आउनुपर्यो ।
अन्य राेगका कारण पनि मुख गन्हाउने हुन्छ भन्छन् नि ?
अन्य समस्या हुँदा पनि मुख गन्हाउने हुन्छ । जस्तो ग्यास्ट्राइटिसहरुमा पनि हुन्छ । कुन रोगमा कुन खालको गन्ध आउँछ भन्ने हुन्छ । क्यान्सरको बिरामीहरुलाई रेडियोथेरापी किमोथेरापी गर्नुपर्ने हुन्छ । क्यान्सरका बिरामीले रेडियोथेरापी गर्नुअगाडि दन्त समस्याको उपचार गरेर रेडियोथेरापी गर्दा राम्रो ।
हाम्रोमा चेतनाको कमी छ । अर्काे भनेको समान्य स्वास्थ्य परीक्षण गराउने परीपाटी छैन । समस्या भएपछि आउनुहुन्छ । सुरुमा आए सजिलै उपचार हुन्छ । दाँत कीराले खाएपछि पनि धेरै दुखेपछि आउनुहुन्छ । सामान्य भनेर हुँदैन जरादेखि उपचार गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा बचाउनै नसक्ने गरी हुन्छ ।
सुरुवाती अवस्थामा अब धेरै दाँत दुखेको छ भनेर ल्वाङ चपाएर, ल्वाङको तेल लगाएर घरमा नबस्नुस् उपचार गर्न आउनुुस् ।
कति समयको फरकमा मुख तथा दाँत परीक्षण गराउनुपर्छ ?
सामान्य रुपमा ६–६ महिनामा गर्ने भन्छौँ हामी । परीक्षण पनि ६–६ महिनामा दाँत सफा गर्ने पनि ६–६ महिनामा गर्ने भन्ने हुन्छ । बिरामी हेरिसकेपछि यतिÞ–यति समस्या छ भनेर। अवस्था हेरेर कसैलाई १–१ महिनामा बोलाउनुपर्ने हुन्छ, कसैलाई ३–३ महिना, कसैलाई ६–६ र कसैलाई एक वर्षको फरकमा बोलाउनुपर्ने हुन्छ । बिरामी नहेरीकन सामान्य अवस्थमा भन्नुपर्दा ६–६ महिनामा गर्ने भन्छौँ हामी ।
एक पटक परीक्षण गराउँदा कति खर्च लाग्ला ?
त्यसमा चाहिँ कहाँ गराउने, कस्तो ठाउँमा गराउने भन्नेमा निर्भर रहन्छ । जस्तो शिक्षण अस्पतालहरुमा गराउँदा त्यहाँ विद्यार्थी हुने भएकाले कम खर्चिलो हुनसक्छ ।
ओपीडी टिकट चाहियो, एक्सरे गर्नुपर्ने छ भने एक्सरे गर्नुपर्यो । समस्या के छ त्यसमा भर पर्छ । ६–६ महिनामा सफा गर्ने हुन्छ । कुनै समस्या नभएर सामान्य परीक्षण र सफा गर्ने मात्रै शुल्क जोड्दा १५००, २००० सम्म लाग्ला ।

हेल्थपाटी
तपाईँको अभिमत