१३७४ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, बागमतीमा धेरै
काठमाडौं । अहिले देशभर उपचाररत कोरोना संक्रमितमध्ये १२ सयभन्दा बढी सिकिस्तै छन् । जसमध्ये १ हजार ८४ जना आइसियु र २९० जना भेन्टिलेटरमा रहेका छन् ।
बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित आइसियु र भेन्टिलेटरमा छन् । त्यहाँ ५२९ जना आइसियु र १८४ भेन्टिलेटरमा छन् । यसैगरी लुम्बिनी प्रदेशमा १६० जना आइसियु र १३ जना भेन्टिलेटरमा छन् ।
प्रदेश १ मा १२७ जना आइसियु र २९ जना भेन्टिलेटर, कर्णालीमा १०२ आइसियु र ८ जना भेन्टिलेटर, गण्डकीमा ८२ आइसियु र ११ जना भेन्टिलेटर र सुदुरमा २४ जना आइसियु र ८ जना भेन्टिलेटरमा छन् । यसैगरी काठमाडौं उपत्यकामा १७६ आइसियु र ८७ जना भेन्टिलेटरमा छन् ।
पछिल्लो २४ घण्टामा देशभर ९४८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार थप ९४८३ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५२२५ छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्थास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार नेपालको कोरोना संक्रमण पुष्टि हुने कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ । हालसम्म ३ लाख १३ हजार १९ कोरोनामुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा २२५ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०८४ पुगेको छ ।
२४ घण्टामा २० हजार ५६९ पीसीआर र ७२० एन्टिजेन परीक्षण गरिएको छ।
हेल्थपाटी
तपाईँको अभिमत