युरोपमा संक्रमणको दोस्रो लहर, फेरि संक्रमण कसरी कोरोना दोहाेरियाे ?
काठमाडौं । कोरोना भाइरस संक्रमण र यसबाट हुने मृत्युलाई पहिलो चरणमा रोक्न सफल भएको युरोप अहिले दोस्रो संक्रमणको लहरमा छ । संक्रमणलाई नियन्त्रणमा लिइसकेको युरोपका देशहरुले त्यस्तो के गल्ति गरे ? जसले दोस्रो चरणमा संक्रमण फैलदैछ । जाडो महिना सुरु हुनै लाग्दा युरोपमा फेरि संक्रमण बढिरहेको छ । युरोपमा त्यस्तो के गल्ति भयो जसबाट संक्रमण पुन दोहोरिदैछ भन्ने जिज्ञाशा र चासो बढ्न थालेको छ ।
यो साता युरोपियन युनियन र बेलायतमा दिनहुँ धेरै संख्यामा संक्रमित थपिरहेका छन् । युरोपको रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार युरोपमा दैनिक ४५ हजारभन्दा बढी नयाँ केस देखिरहेको छ । संक्रमण बढ्न थालेपछि केही स्थानहरुमा प्रतिवन्ध लगाउने तयारी भइरहेको छ भने आगामि दिनमा अस्पतालमा संक्रमितहरुको व्यवस्थापन कसरी गर्ने भन्ने दबाबमा नेताहरु छन् ।
युरोपमा विगत ७२ दिनयता संक्रमितको मृत्युदर स्थिर छ । यद्यपी बुल्गेरिया, क्रोशिया, माल्टा, रोमानिया र स्पेनमा मृत्युदर बढ्ने आँकलन गरिएको छ । युरोपमा गर्मी बिदाभएपछि दोस्रो लहरमा संक्रमण फैलिएको हो । गर्मीबिदामा धेरै कामदारहरु आफ्नो घर फर्कन्छन् । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले संक्रमणलाई फैलन नदिन पार्टी, भेलालाई बन्द गर्न सुझाउँदै यस्ता गतिविधिलाई कडा निगरानीमा राख्न अपिल गरिरहेको छ ।
डब्ल्यूएचओले युरोपमा दोस्रो लहरको संक्रमणको शिकार युवाहरु हुने चेतावनी दिदै आएको छ । ७५ करोड जनघनत्व रहेको युरोपमा ४४ लाख मानिस संक्रमित भइसकेका छन् भने २ लाख १७ हजार २७८ संक्रमितको मृत्यु भएको छ । ३३ करोड जनसंख्या रहेको अमेरिकामा भने ६७ लाख मानिस संक्रमित हुनुका साथै १ लाख ९८ संक्रमितको मृत्यु भएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले गत शुक्रबार आफ्नो देशमा दोस्रो संक्रमणको खतरा रहेको बताउनुभएको थियो । बेलायतमा केही दिन यता दिनको ४ हजारभन्दा बढी संक्रमित थपिरहेका छन् जबकी यो संख्या मे यताकै अधिक हो । बेलायतमा यसै साता भेला हुने गतिविधिलाई प्रतिवन्ध लगाइएको छ । संक्रमण बढ्दै गएपछि मेड्रिडमा पनि नयाँ प्रतिवन्ध जारी गरिएको छ ।
पहिलो चरणमा नै संक्रमणबाट अतिप्रभावित भएको स्पेनमा अहिले फेरि ह्वात्तै केस बृद्दि भइरहेको छ । त्यहाँ दिनहुँ १२ हजार भन्दाबढीलाई संक्रमण पुष्टि भइरहेको छ । फान्सको अवस्था उस्तै छ । शुक्रबार फ्रान्समा १३ हजार २१५ जनालाई सक्रमण पुष्टि भयो । त्यहाँको राष्ट्रिय स्वास्थ्य संस्थाका अनुसार अप्रिलदेखिकै उच्च संक्रमण संख्या हो । अस्पताहरु ख्चाखच भरिन थालेका छन् । यसरी
युरोपमा एकपछि अर्काे देशमा संक्रमण बढ्नुमा गल्ति कहाँनिर भयो ?

डब्ल्यूएचओको युरोपका निर्देशक हंस क्ल्गले संक्रमण जुन गतिमा फैलिरहेको छ यसले युरोपको अवस्था गम्भिर बनाउँदै लगेको चेतावनी यसैसाता दिनुभएको थियो । पहिला –पहिला बुढापाका संक्रमणको उच्च जोखिममा रहेकोमा अहिले युवापुस्तामा संक्रमण बढिरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । पहिला ५० देखि ७० वर्ष उमेरका व्यक्तिलाई संक्रमण भइरहेकोमा अहिले २५ देखि ४९ वर्षमा व्यक्तिहरु संक्रमित भइरहेका छन् । क्ल्गले भन्नुभयो,संक्रमितमध्ये ठुलो हिस्सा युवाकै छ ।
धेरै देशहरुमा ठुला र घनाबस्ती भएका शहरहरुमा संक्रमण बढिरहेको छ । जहाँ मानिसहरु काममा फर्किएका छन्, विद्यालय र सार्वजनिक स्थानहरु खुला गरिएका छन् । जस्तै स्पेन,अष्ट्रियामा संक्रमण बढिरहेको छ । चान्सलर सेबास्टीएन कुर्जले अष्ट्रियन समाचार संस्था एपीएसँग भियनामा नाटकिय रुपमा केस बढिरहेको भन्दै आफ्नो देशमा संक्रमणको दोस्रो लहर सुरु हुनथालेको बताउनुभयो । टर्कीको अवस्था
पनि राम्रो छैन । अधिकारीहरु इटालीमा करिव ५० प्रतिशत नयाँ केस गर्मीको बिदाको समयमा देखिएको बताउँछन् । प्रतिवन्धहरु फुकुवा भएपछि त्यहाँ सर्वसाधरणहरुले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरेनन् । नत मास्क लगाए, न भौतिक दुरी कायम राखे । सीएनएन ।
हेल्थपाटी
तपाईँको अभिमत