गोरा महिला भन्दा ‘काला जाति’का महिलामा स्तन क्यान्सरबाट मृत्यु हुने जोखिम ४० प्रतिशत बढी
जुनसुकै किसिमका स्तन क्यान्सरबाट ‘काला जाति’का महिला ‘गोरा जाति’का महिला भन्दा मृत्यु हुने जोखिम बढी देखिएको छ । मंगलबार जर्नल अफ क्लिनिकल ओन्कोलोजीमा प्रकाशित अध्ययनले यस्तो देखाएको हो ।
अध्ययनकर्ताहरूले उक्त अध्ययनमा मृत्यु हुने सङ्ख्यामा फरक हुनु जैविक नभई जातिगत कारण रहेको पत्ता लगाएका हुन् । अध्ययनअनुसार उस्तै अवस्था र अनुपातमा स्तन क्यान्सर भएका काला र गोरा महिलामध्ये काला जातिका महिलाको मृत्यु हुने जोखिम ४० प्रतिशतले बढी देखिएको हो ।
१८ वटा अध्ययनबाट २,२८,८८५ जना महिलामा सो अध्ययन गरिएको थियो । जसमध्ये ३४,२६२ काला जातिका महिला र १,८२,४६६ गोरा जातिका स्तन क्यान्सर पीडित महिला थिए ।
स्तन क्यान्सर महिलाहरूको मृत्युको एक प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा स्तन क्यान्सरका कारण ६,७०,००० महिलाको मृत्यु भएको थियो ।
तपाईँको अभिमत