नेपालमा दोस्रो पटक मङ्कीपक्स संक्रमण पुष्टि
नेपालमा दोस्रो पटक मङ्कीपक्स संक्रमण पुष्टि भएको छ । बिहीबार साउदी अरेबियाबाट आउनुभएका तनहुँका ३६ वर्षिय पुरुषलाई मंकिपक्स पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार हालै साउदी अरबबाट फर्कनुभएका ३६ वर्षीय युवामा मंकिपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उक्त परीक्षणमा मंकिपक्स संक्रमण पुष्टि भएको थियो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा संक्रमित पुरुषको उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। यसअघि २०८० साल असारमा विदेशबाट आएकी ६० वर्षीया विदेशी महिलामा मंकिपक्सको संक्रमण देखिएको थियो।
‘मंकिपक्स’ एक प्रकारको ‘भाइरल जुनोसिस’ हो, अर्थात् यो जनावरबाट मानिसमा सरेको भाइरस हो । ज्वरो आउनु, सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थी बढ्नु मंकिपक्सका लक्षण हुन्।
यो रोग संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ। यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने हुन्छ।
यो रोगका कारण आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ। मङ्किपक्स विश्वभरी हाल १११ देशमा फैलिसकेको छ।
हेल्थपाटी
तपाईँको अभिमत