राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अभावै अभाव, ३५ भन्दा बढी प्रकारका परीक्षण हुन सकेन
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला भवनदेखि जनशक्तिसम्मको अभाव देखिएको छ । प्रयोगशालाका लागि आवश्यक भवन, स्थान, उपकरण तथा जनशक्ति अभावका कारण ३५ थरीका परीक्षण सेवा प्रवाह हुन सकेको छैन ।
सबै अभावका कारण मानव अंग प्रत्यारोपण गर्दा गरिने एच.एल.ए. टाइपिङ टेष्ट, बाथरोग पत्ता लगाउन गरिने एच.एल.वि २७ टेष्ट, बाथरोगको अवस्था थाहा पाउन गरिने एन्टी सीसीपी टेष्ट जस्ता परीक्षण गर्न सकिएको छैन।
त्यसैगरी कुकुरमा लाग्ने फित्ते जुका मानिसको शरीरमा पुगेको पत्ता लगाउन गरिने एकाइनोकोसिस एन्टीबडी टेटष्, मानव जिन र क्रोमोजामको अवस्था थाहा पाउन गरिने मोलिकुलर टेष्ट लगायतका ३५ भन्दा बढी प्रकारका परीक्षण सेवा सञ्चालन हुन सकिरहेको छैन ।
महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले देशको एकमात्र प्रयोगशालाको यस्तो अवस्था देखाएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत