अक्सिजन अभावले भारतमा फेरी २६ संक्रमतिको मृत्यु

फइल तस्विर ।
अ +
अ -
काठमाडौं । भारतको गोवास्थित गोवा मेडिकल कलेजमा अक्सिजन नपाउँदा २६ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।
गोवाको सरकारी अस्पताल गोवा मेडिकल कलेजमा अक्सिजनको अभावमा २६ जना संक्रमितको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ ।
कोरोना संक्रमितको अक्सिजनको अभाव हुँदा मंगलबार विहान २ बजेदेखि ६ बजेभित्र यति धेरै संख्यामा संक्रमितको निधन भएको हो। स्वास्थ्यमन्त्री विश्वजीत राणेले पत्रकारसँग बताए अनुसार अस्पतालमा अक्सिजनको कमी भएको थियो ।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले पनि अक्सिजनको कमी भएर मृत्यु भएको स्वीकार गरेको बताइएको छ। पछिल्लो समय भारतमा दैनिक चार हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु हुने गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत