कोरोनाको स्वरुप परिवर्तन कति खतरनाक ?
काठमाडौं । केही दिनयता नयाँ प्रकारको कोरोना भाइरस फेला परेको तथ्यले विश्वलाई नै तरंगित बनाएको छ । बेलायतका वैज्ञानिकहरु भन्छन् नयाँ प्रकारको पहिचान भएको कोरोना भाइरसमा अन्य भाइरसको तुलनामा छिटो संक्रमण गराउने विशेषता छ ।
नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि नेपाललगायत धेरै देशले बेलायतबाट हुने उडान बन्द गरिसकेका छन् । यस सम्बन्धमा चासो र चर्चा कायमै छ यद्यपि यसबारे थप तथ्यहरु सार्वजनिक भएका छैनन् भने धेरै जिज्ञासाहरुको जवाफ अनुत्तरित छ ।
तर पनि यस भाइरसलाई लिएर विश्वजगत्मा चिन्ता बढेको छ । कोरोना भाइरसको यो प्रकारले अन्य प्रकारलाई तिबर गतिले प्रतिष्थापन गर्ने, नयाँ प्रकारमा देखिएको उत्परिवर्तन कोरोनाभाइरसको महत्वपूर्ण हुनसक्ने अंशलाई प्रभाव पार्ने खालको रहेकाले यस भाइरसप्रति चिन्ता बढेको छ ।
यस्तै उत्परिवर्तन मानव कोषलाई प्रभाव पार्ने भाइरसको क्षमता बढाउने देखिएकाले यो भाइरसको प्रकार सजिलै फैलनसक्ने खालको पाइएको छ । तर पनि थप अनुसन्धान हुन बाँकी नै छ ।
यो नयाँ प्रकारको भाइरस पहिलो पटक बेलायतमा सेप्टेम्बरमा फेला परेको थियो । तर फेला परेको ३ महिना अर्थात् नोभेम्बरसम्म एक चौथाई संक्रमण यो प्रकारको भाइरसबाट भएको पाइयो । मध्य डिसेम्वरसम्म आइपुग्दा झण्डै २ तिहाईलाई संक्रमण भएको छ ।
तर यो उत्तरी आयरल्यान्डबाहेक यूकेभरि नै देखापरेको छ। तर यो लन्डन, दक्षिणपूर्व र पूर्वी इङ्गल्यान्डमा सघन रूपमा देखा परेको छ।
संसारभरीबाट प्राप्त कोरोनाभाइरसको ’जेनेटिक कोड’ को अनुगमन गरिरहेको संस्था ’नेक्स्टस्ट्रेन’ ले जनाए अनुसार डेनमार्क र अष्ट्रेलियामा फेला परेका कोरोनाभाइरसको नयाँ प्रकारको उद्गम यूके नै रहेको छ। नेदरल्याण्ड्सले पनि आफूकहाँ भाइरसको नयाँ प्रकार फेला परेको जनाएको छ।
कोरोनाभाइरसको यो प्रकारसँग मिल्दोजुल्दो अर्को प्रकार दक्षिण अफ्रिकामा पनि फेला परेको छ। तर यी दुईबीच कुनै सम्बन्ध भएजस्तो देखिँदैन।
कोरोनाभाइरसको यो प्रकार कति छिटो फैलिरहेको छ?
यसलाई पहिलो पटक सेप्टेम्बर महिनामा फेला पारिएको थियो । नोभेम्बरसम्ममा लन्डनमा देखिएका एक चौथाइ जति सङ्क्रमण भाइरसको यो प्रकारबाट भएको थियो। मध्य डिसेम्बरसम्म आइपुग्दा यो अब झन्डै दुइ तिहाइ सङ्क्रमितमा देखिएको छ।
कोरोनाभाइरसको यो प्रकार यूकेमा नै कुनै बिरामीमा पहिलो पटक देखापरेको वा कोरोनाभाइरसको उत्परिवर्तनको अनुगमन गर्ने क्षमता कमजोर रहेको अन्य कुनै देशबाट यूकेमा छिरेको हुनुपर्छ ।
चीनको वुहानमा सबैभन्दा पहिला जुन कोरोनाभाइरस पत्ता लगाइएको थियो संसारका अरू देशमा सङ्क्रमण फैलाइरहेको कोरोनाभाइरससँग त्यो दुरूस्तै मिल्दैन ।
D614G उत्परिवर्तन भनिएको भाइरसको प्रकार फेब्रुअरी महिनामा युरोपमा देखा परेको थियो र यो संसारभरी सबैभन्दा देशमा सङ्क्रमण देखिएको प्रकार बन्न पुगेको थियो ।
अर्को A222V भनिने प्रकार युरोपभरी फैलिएको थियो र त्यसको सम्बन्ध स्पेनमा देखिएको संक्रमणसँग थियो ।
यसको अर्थ कोरोनाभाइरसको संक्रमण अझ घातक बन्न पुग्छ त?
त्यस्तो हुने कुनै प्रमाण हालसम्म देखिएको छैन । तर यो विषयमा अनुगमन भइरहन जरुरी छ । तर सङ्क्रमण दर उच्च हुनु नै पनि अस्पतालहरूका लागि समेत ठूलो समस्याको विषय हुन जान्छ।
किनकि नयाँ प्रकारको भाइरसको संक्रमणले छिटोछिटो धेरै मानिसहरू प्रभावित हुन पुग्छन् र सँगसँगै अस्पतालमा भर्ना भएर उपचार गराउनु पर्ने बिरामीहरूको संख्या पनि तीव्र गतिमा बढ्न पुग्छ ।
कोरोनाभाइसको नयाँ प्रकारमा हालका खोपले काम गर्छन् त ?
निश्चय नै हाल अनुमोदन भएका र विकसित खोपहरू कोरोनाभाइसको नयाँ प्रकारमाथि पनि प्रभावकारी हुन्छन्। कम्तीमा हालका निम्ति यकिन साथ यसो भन्न सकिन्छ।
हालको कोरोनाभाइरस विरुद्ध तीनवटा अग्रणी खोपहरूले शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सक्छन् । खोपहरूले शरिरको रोग प्रतिरोधी क्षमतालाई भाइरसका विभिन्न अंगहरूमा आक्रमण गर्न प्रशिक्षित तुल्याउँछन् त्यसैले भाइरसका केही अंशमा उत्परिपर्वतन देखिए पनि खोपहरू प्रभावकारी रहन्छन् ।
तर भाइरसमा धेरै प्रकारो उत्परिवर्तन थपिन गयो भने त्यो चिन्ता गर्नुपर्ने विषय हुन सक्ने क्याम्ब्रिज विश्वविद्यालयका एकजना प्राध्यापक रवि गुप्ता बताउनुहुन्छ । बीबीसी ।
हेल्थपाटी
तपाईँको अभिमत