विश्वभर ५ अर्ब मानिसले लगाए कोरोना खोप, तेस्रो डोज आवश्यक छ ?
विश्वभर ५ अर्ब मानिसको कोरोना विरुद्धको खोप लगाएका छन् । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)का अनुसार ५ अर्ब मानिसले कोरोनाको पहिलो खोप लगाएका छन् । जसमा न्यून आय देशका १.६ प्रतिशतमात्रै मानिसले खोप पाएका छन् ।
यस्तो अवस्थामा खोपको बुस्टरका रुपमा तेस्रो मात्रा लगाउन सिफारिस नगरिएको डब्ल्यूएचओको नेपालस्थित खोप कार्यक्रमका डा.बिनोद बुराले जानकारी दिनुभयो । उहाँले खोपमा समानता नभइरहेको अवस्थामा सबैलाई खोपको पहुँचमा पुर्याउनु अहिलेको आवश्यकता रहेकाले बुस्टर डोजका लागि सिफारीस नगरिएको बताउनुभयो ।
स्वास्थ्य पत्रकार मञ्चको पदाधिकारी तथा सदस्यहरुसँगको परिचयात्मक कार्यक्रममा उहाँले अहिलेसम्म खोपको तेस्रो डोज लगाउनबारे बैज्ञानिक प्रमाण नभएको बताउनुभयो । ‘पहिलो र दोस्रो डोज खोपको प्रभावकारीता घटेपछि तेस्रो डोज लगाउनपर्छ भन्ने हो तर पहिलो दोस्रो डोजले काम नगर्ने भन्ने सम्बन्धमा निश्चित भइसकेको छैन, अहिले प्रयोगमा भएका खोपहरुहको लक्षदर देखिएको छ त्यसैले बुस्टर डोजको आवश्यक छैन, ’ उहाँले भन्नुभयो ।
बुराले २०२१ को अन्त्यसम्म न्यून आय भएका देशमा १० प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना रहेको जानकारी पनि उहाँले दिनुभयो ।
उहाँले कोभिड आफैं अझैपनि अध्ययनको विषय रहेकाले खोपको सम्बन्धमा पनि थप अध्ययन भइरहेको बताउनुभयो । नेपालमा हालसम्म ५३ लाख १७ हजार ४८३ जनाले पहिलो खोप पाइसकेका छन् भने ४३ लाख ९६ हजार ४०२ जनाले दुबै खोप पाएका छन् । हालसम्म विश्वमा २१ करोड ७० लाखभन्दा धेरै मानिस संक्रमित भएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत