कोरोना संक्रमित गर्भवतीलाई हुनेछन् यस्ता जटिलता, खोप लगाउन जरुरी
गर्भवती महिलालाई यदि कोरोना भाइरसको संक्रमण भएमा अरु विभिन्न कडा खालको रोगको समस्या देखिने जोखिम रहेकाले सरकारले गर्भवतीहरुलाई खोप लगाउन सुझाव दिएको छ । कोरोना खोप आमा र बच्चा दुबैका लागि सुरक्षित रहेको छ ।
गर्भवती, कोरोना संक्रमण र खोपबारे जान्नैपर्ने कुरा :
- १८ बर्ष माथिका संग सगै सबै गर्भवती महिला कोभिड- १९ को खोप लगाउन योग्य छन् ।
- लक्षण भएका गर्भवती महिलाहरुमा कडा रोग हुन सक्ने जोखिम छ त्यसैले गर्भमा रहेको बच्चालाई पनि असर गर्न सक्दछ, त्यस कारण कोभिड- १९ को खोप लगाउन सुझाब गरिएको छ ।
- तपसिल बमोजिमका गर्भवती महिलाहरुमा कोभिड-१९ संक्रमण भएमा कडा असर देखाउन सक्दछ
- ३५ बर्ष माथिका गर्भवती महिला
- शरिरको तौल आवश्यक भन्दा बढी भएका
- अन्य कडा रोग भएका जस्तै मधुमेह, उच्च रक्तचाप आदि
- खुट्टामा रगत जम्ने समस्या भएका
कोभिड- १९ संक्रमणले तपशिल बमोजिमको खतरा बढाउँछ :
- समय नपुगिकन बच्चा जन्मन सक्ने,
- बच्चा सामान्य भन्दा कम ९२।५ के।जी।० तौलको जन्मन सक्दछ,
- धेरै नगन्य संख्यामा मरेको बच्चा जन्मन सक्दछ,
- गर्भवती बेलाको जुनसुकै समयमा पनि खोप लगाउन सकिन्छ तर जति सक्दो छिटो लगाउन राम्रो हुन्छ,
यदि महिला गर्भवती भएको समयमा संक्रमित भएमा सुत्केरी भएको जतिसक्दो छिटो खोप लगाउन सकिन्छ :
- कोभिड- १९ खोप गर्भवती महिलाको लागि सुरक्षित छ ्र तर खोप लगाएपछि केहि सामान्य असरहरु देखिन सक्दछन् सामान्य ज्वरो, सुई लगाएको ठाउँमा दुखाइ हुन् सक्ने, १- ३ दिन सम्म अस्वस्थ भएको महसुस हुन सक्ने,
- लामो समय सम्मका असरहरु र खोपले गर्भमा रहेको बच्चा र जन्मेपछिको बालबालिकाहरुमा कति सुरक्षित छ भन्ने वैज्ञानिक अध्ययनले अहिले सम्म स्थापित गरिसकेको छैन ।
PostersonvaccinationofpregnantwomenEnglish
हेल्थपाटी
तपाईँको अभिमत