एकैदिन २ लाख बढीले लगाए कोरोना खोप, २५५ जनालाई संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैदिन २ लाख ११ हजार ५५३ जनाले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार खोप लगाउनेको संख्या १ करोड ८३ लाख १७ हजार ५०८ पुगेको छ । जसमध्ये ९५ लाख ७९ हजार ६४८ जनाले पहिलो मात्रा र ८४ लाख ३७ हजार ८६० जनाले दुबै मात्रा खोप लगाएका छन् ।
नेपालमा कोभिशिल्ड,भेरोसेल, जोन्सन एण्ड जोन्सन, जापनी कोभिड १९ एस्ट्राजेनेका र स्वीडेन एस्ट्राजेनेका खोपको प्रयोग भइरहेको छ । यसैबीच पछिल्लो २४ घण्टामा २५५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ४६९ जनाको कोरोना परीक्षण भएको थियो । २५४ जना संक्रमणमुक्त हुँदा २ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ६ हजार ९३१ जना छन् ।
अहिलेसम्म नेपालमा ९ लाख १६ हजार ८६४ जनामा संक्रमण पुष्टि भएको छ । ८ लाख २९ सय ९ जना निको भएका छन् भने ११ हजार ५२६ जनाको मृत्यु भएको छ ।
तपाईँको अभिमत