२४ घण्टामा ५ जना संक्रमितको मृत्यु, संख्या १९४८

फाइल तस्विर
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितकाे मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १९४८ पुगेको छ ।
आज देशभर २७० जना कोरोना संक्रमित थपिएका छन् । याे सँगै नेपालमा संक्रमितकाे संख्या २ लाख ६६ हजार ८१६ पुगेकाे छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४ जनाको पीसीआर परीक्षण भएकोमा २७० जनालाई कोरोना पुष्टि भएको हो ।
आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा १७२ जना रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३०१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनामुक्त भइ डिस्चार्ज हुनेको संख्या ३९० छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत