थप २०३ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । आज सरकारले २०३ कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर २०३ संक्रमितको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ४६ सय ६९ पुगेको छ ।
आज देशभर थप ८ हजार ५२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९४८ पीसीआर र ५३० जनाको एन्टीजेन परीक्षण गर्दा पीसीआरमा ८ हजार ४६७ र एन्टीजेनमा ५३ जना गरि ८ हजार ५२० जनामा पोजेटिभ देखिएको हो ।
२/३ दिनयता संक्रमितको संख्यामा केही कमी आएको छ । हिजो २० हजार २४४ जनाको परीक्षण हुँदा ८ हजार ९६० जनालाई संक्रमण पुष्टि भएको थियो । अस्ति २० हजार ७८६ जनाको पीसीआर परीक्षण भएकोमा ९ हजार ३०५ जनालाई पोजेटिभ देखिएको थियो ।
पछिल्लो २४ घण्टामा ६ हजार १५३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिले १ लाख ७ हजार ३३६ जना सक्रिय संक्रमित छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको र निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत