चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा कहिले हुन्छ ?
चिकित्सा शिक्षा आयोगको शैक्षिक क्यालेण्डर अनुसार स्नातक तहको एकीकृत प्रवेश परीक्षाको प्रक्रिया सुरु भइसक्नु पर्ने हो।
आयोगको वार्षिक क्यालेण्डरमा कार्तिकको तेस्रो साता नै प्रवेश परीक्षाको सूचना प्रकाशन गरिने भनिएको छ।
अहिले मंसिर सकिन लाग्दा समेत स्नातक तहको प्रवेश परीक्षाबारे सूचना आएको छैन। यो ढिलाइले प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा अन्योल बढिरहेको छ ।
स्नातकोत्तर तह(पीजी)को परीक्षा सकिएलगतै स्नातक तहको परीक्षाका लागि सूचना निकालिने चिकित्सा शिक्षा आयोगले जानकारी दिएको छ ।
चुनावमा कर्मचारीहरु खटिनु परेकाले ढिलाइ भएको चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डा.भोजराज काफ्लेले बताउनुभयो ।
‘बीचमा चुनावले गर्दा ढिलो भएको हो । पीजीको परीक्षा सकिनेवित्तिकै सूचना आउँछ’ डा.काफ्लेले भन्नुभयो ।
सकेसम्म परीक्षा क्यालेण्डरमा तोकिएको समयमै गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।
आयोगले यही १७ देखि १९ डिसेम्बरसम्म पीजीको एकीकृत प्रवेश परीक्षा गर्दैछ । आयोगका सदस्य सचिव डा.काफ्लेका अनुसार त्यसको नतिजा आउन एकसाता जति लाग्छ । त्यसलगतै स्नातक तहको प्रवेश परीक्षाका लागि सूचना आउँछ ।
शैक्षिक क्यालेण्डरमा माघको दोस्रो, देखि तेस्रो सातासम्म परीक्षा सकिने उल्लेख भएपनि ढिलामा फागुन महिलासम्म पुग्न सक्ने काफ्लले बताउनुभयो ।
आयोग बनेयता स्नातक तहका २ वटा एकीकृत प्रवेश परीक्षा भएको छ।
हेल्थपाटी
तपाईँको अभिमत