काठमाडौं उपत्यकामा १६९८ सहित थप २९४२ लाई कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । देशभर थप २ हजार ९४२ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा १४ हजार ८७३ पीसीआर परीक्षण गरिएकोमा २९४२ लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
यस्तै काठमाडौं उपत्यकामा मात्रै १ हजार ६९८ संक्रमित थपिएका छन् । काठमाडौंमा १४६९ , भक्तपुरमा ९९ र ललितपुरमा १३० जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत