'स्वास्थ्य अनुसन्धान परिषद् आफैँले रिसर्च गर्ने होइन'
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १०औँ शिखर सम्मेलन सकिएको छ। बुधबारबाट ३ दिनसम्म चलेको सम्मेलन ६ बुँदे घोषणा पत्र जारी गर्दै आज सकिएको हो ।
परिषद्का सदस्य सचिव डा.प्रमोद जोशीले सम्मेलनले जारी गरेको घोषणा पत्रले नेपालको स्वास्थ्य क्षेत्रको नीति निर्माणमा सघाउने विश्वास व्यक्त गर्नुभयो।
स्वास्थ्य अनुसन्धानमा बजेट एकदमै कम रहेको गुनासो डा.जोशीले गर्नुभयो । कम्तिमा पनि स्वास्थ्यमा आएको २ प्रतिशत बजेट अनुसन्धानका लागि हुनुपर्ने माग उहाँको छ ।
सम्मेलनमा ७५ वटा मौखिक प्रस्तुती र २६३ वटा पोस्टर प्रस्तुती भएको पनि डा.जोशीले जानकारी दिनुभयो।
सम्मेलनको समापन समारोहमा बोल्दै स्वास्थ्य तथा जनसख्या मन्त्री उपेन्द्र यावदले स्वास्थ्य क्षेत्रमा उपचार र शिक्षामा मात्रै नभएर अनुसन्धानमा पनि उत्तिकै जोड दिनुपर्ने बताउनुभयो । 'स्वास्थ्य क्षेत्रमा धेरै कम अनुसन्धान भएको छ' मन्त्री यादवले भन्नुभयो, 'हामीले ज्यादा जोड उपचार र शिक्षणमा दिन्छौँ तर अनुसन्धान, शिक्षा, उपचार सबै महत्वपूर्ण छ।'
यसलाई प्रदेश तहमा र आवश्यक परेको ठाउँमा समेत विस्तार गर्दै लानु पर्ने भएकाले पनि मन्त्री यादवले बताउनुभयो ।यो सम्मेलनबाट आएका प्रतिक्रियालाई ध्यानमा राखेर स्वास्थ्य नीतिमा स्थान दिने प्रतिवद्धता मन्त्री यादवले व्यक्त गर्नुभयो ।
समापन कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरले स्वास्थ्य अनुसन्धानका लागि बजेट बढाउने प्रतिवद्धता जनाउनुभयो। स्वास्थ्य अनुसन्धान परिषद्लाई प्रादेशिक संरचनामा लाने प्रधानमन्त्रीको पनि चाहना रहेकाले त्यसका लागि मन्त्रालय लागेको जानकारी दिनुभयो ।परिषद् आफैँले रिसर्च गर्ने नभई अरुले गरेको अनुगमन गर्ने काम मात्रै भएको डा.पोखरेलले बताउनुभयो । प
मेडिकल कलेजलाई परिषद्को छाताभित्र ल्याएर अनुसन्धान गर्न नसकेकाले त्यसमा ध्यान दिनुपर्ने डा.पोखरेलको भनाइ छ। हामीले मेडिकल कलेजलाई परिषद्को छाताभित्र ल्याएर अनुसन्धानको काम गर्न सकेका छैनौ' पोखरेलले भन्नुभयो, 'उनीहरूलाई रिसर्च गर्न दियो भने हामीले खोजेको नतिजा अवश्व पाउँछौँ'।'
स्वास्थ्य सेवाको पहुँच बढाउन सफल भएपनि गुणस्तर कायम गर्ने कुरामा अझै पछाडि रहेको डा.पोखरेलले बताउनुभयो। आगामी दिनमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि काम गर्नु पर्ने आवश्यक उहाँले औँल्याउनुभयो।
यो सम्मेलनले नयाँ व्यक्तिहरूलाई पनि रिसर्चमा काम गर्न प्रोत्साहन विश्वास पोखरेलले व्यक्त गर्नुभयो सम्मेलनको १५ वटा सेसनबाट आएको निष्कर्षले स्वास्थ्य मन्त्रालयलाई नीति निर्माणमा सहयोग पुर्याउने गरेको पनि पोखरेलले बताउनुभयो।
सम्मेलनको समापन समारोहमा बोल्दै स्वास्थ्य तथा जनसख्या मन्त्री उपेन्द्र यावदले स्वास्थ्य क्षेत्रमा उपचार र शिक्षामा मात्रै नभएर अनुसन्धानमा पनि उत्तिकै जोड दिनुपर्ने बताउनुभयो । 'स्वास्थ्य क्षेत्रमा धेरै कम अनुसन्धान भएको छ' मन्त्री यादवले भन्नुभयो, 'हामीले ज्यादा जोड उपचार र शिक्षणमा दिन्छौँ तर अनुसन्धान, शिक्षा, उपचार सबै महत्वपूर्ण छ।'
यसलाई प्रदेश तहमा र आवश्यक परेको ठाउँमा समेत विस्तार गर्दै लानु पर्ने भएकाले पनि मन्त्री यादवले बताउनुभयो ।यो सम्मेलनबाट आएका प्रतिक्रियालाई ध्यानमा राखेर स्वास्थ्य नीतिमा स्थान दिने प्रतिवद्धता मन्त्री यादवले व्यक्त गर्नुभयो ।

हेल्थपाटी
तपाईँको अभिमत