कोरोना महामारीका कारण बन्द भएका सिनेमा हल भोलिबाट खोल्न पाउने

फाइल फोटो
अ +
अ -
कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेको काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिबाट खुल्ने भएका छन् । प्रशासनले काठमाडौं उपत्यकाका तीनै जिल्लामा रहेका फिल्म हल खोल्न अनुमिति दिने भएको छ ।
बुधबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सिनेमा हल खोल्न दिने निर्णय गरेको हो ।
स्वास्थ्य मापदण्ड पालना गरी सिनेमा हल खोल्न अनुमति दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । सिनेमा हलमा मापदण्ड पालना भए, नभएको बारेमा अनुगमन हुने प्रजिअ पराजुलीले बताउनु भयो । साथै प्रजिअहरुको बैठकमा उपत्यकामा जारी निषेधाज्ञालाई भदौ मसान्तसम्म थप गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत