आवेदनमा नागरिकता पेश नगर्नेलाई परीक्षामा सहभागी नगराइने : चिकित्सा शिक्षा आयोग
अ +
अ -
काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ मा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन आवेदन दिएकामध्ये कतिपय परीक्षार्थीले नेपाली नागरिकताको प्रमाणपत्र पेश नगरेको जनाएको छ ।
नेपाली नागरिकता समावेश नगरेका परीक्षार्थीलाई छात्रवृत्रि नदिइने भएकाले नेपाली नागरिकताको प्रमाणपत्र पेश नगरी आवेदन दिएका परीक्षार्थीहरुलाई जेठ मसान्तसम्म सोको प्रमाणपत्र पेश गर्न आयोगले सूचना जारी गरेको छ ।
परीक्षार्थीहरुले प्राप्त गर्ने योग्यताक्रमको आधार तथा आरक्षणको कोटाबाट छात्रवृत्ति सिट छुट्याइने भएकाले जेठ मसान्तसम्म नेपाली नागरिकताको प्रमाणपत्र नपठाए आवेदन फाराम स्वीकृत नहुने स्पष्ट पारेको छ ।
camscanner0521
हेल्थपाटी
तपाईँको अभिमत