एकजना बाहेक सिंगो गाउँ नै कोरोना संक्रमित
सिम्ला । भारतको हिमाञ्चल प्रदेशस्थित एक गाउँ कोरोनाबाट पूरै संक्रमित हुँदा पनि एक जना भने संक्रमित भएका छैनन् । भारतीय सञ्चारमाध्यमका अनुसार लाहौल–स्पीति जिल्लाको एक गाउँका पूरै मानिस संक्रमित हुँदा एक जना मात्र संक्रमित नभएका हुन् ।
थोरङ्ग नाम गरेको सो गाउँमा ४२ जना मानिसमध्ये उहाँ एक्लाे कोरोना नेगेटिभ देखिएको व्यक्ति हुनुहन्छ । उहाँका परिवारका सदस्यसहित गाउँका ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।
५२ वर्षीय भूषण ठाकुर कोरोना संक्रमित नहुनु भएको हो । उहाँका ६ जना परिवारका सदस्यलाई कोरोना संक्रमण भएको बताइएको छ । सो गाउँमा कार्यरत चिकित्सक डा. पलजोरले ठाकुरमा प्रतिरोधात्मक क्षमता बलियो भएर उहाँमा कोरोना संक्रमण नभएको हुनसक्ने बताउनुभएको छ ।
डा. पलजोरका अनुसार गाउँका सबै मानिसमा कोरोना संक्रमण पुष्टि हुँदा उहाँमा नहुनु आश्चर्यजनक घटना हो । गाउँमा पहिले ५ जनालाई कोरोना संक्रमण भएको थियो । त्यसको चौथो दिन गाउँका सबैले कोरोना परीक्षण गराउँदा ठाकुरबाहेकका मानिसलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
अहिले उहाँ घरको छुट्टै कोठामा बसिरहनु भएको समाचारमा उल्लेख छ । गाउँमा करिब १०० जना मानिस बसोबास गर्ने भए पनि अहिले अन्य मानिस रोजगारीका लागि अन्य स्थान गएको बताइएको छ ।
आजतक ।
हेल्थपाटी
तपाईँको अभिमत